Sunday, November 19, 2017

आज प्रधानमन्त्री देउवा मेलम्ची आयोजनाको निरीक्षणमा जाने

प्रकाशित मिति: 2017/08/09

साउन २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न जाने भएका छन् ।

प्रधानमन्त्री देउवासहितको टोली केहीबेरमा हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम छ । प्रधानमन्त्रीले चासो दिएर जान लाग्नु भएको खानेपानी मन्त्रालयले जनाएको छ । उहाँले इन्टेक ड्याम र टनेलको अवलोकन गर्नु हुनेछ ।

मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य  भएपनि पुरा नभएको अब आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताइएको छ । 

तपाईंको बिचार