Sunday, November 19, 2017

काठमाडौंमा बनाउँदै गरेको पुल भाँचीयो

प्रकाशित मिति: 2017/08/11

साउन २७, काठमाडौं ।  काठमाडौंको ढल्को चोकमा डेढ करोड खर्चमा बनाएको पुल बनाउने क्रममै भाँचिएको छ । यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् । हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुलको निर्माण आज सम्पन्न गर्ने जनाएको थियो । 

२३ वटा स्ल्याब राखिसकिएको थियो भने उक्त पुल अन्तिम स्ल्याब राख्ने क्रममा भाँचिएको थियो । कम्पनीका अनुसार लोड थाप्न नसकेर भाँचिएको भनिए पनि कमजोर सामग्रीको प्रयोग र निर्माणको लापरवाहीले पुल भाँचिएको स्थानिएको भनाई छ । पुल निर्माणका लागि त्यसको डिजाइन सडक विभागबाटै पास गरिएको निर्माण कम्पनीको दाबी छ । स्थानीयका अनुसार सरकारले आवश्यकता नभएको स्थानमा पुल बनाएर बजेट सक्ने मेलोमात्र गरेको आरोप लगाए छन् ।

तपाईंको बिचार