Sunday, November 19, 2017

नेपाल र चीनबीच मुख्य तीन विषयमा सम्झौता हुने

प्रकाशित मिति: 2017/08/15

साउन ३१, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ ।

पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ । पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुँदैछ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्नेछन् ।

चीनले डोक्लामा मुद्दामा नेपालको तटस्थता कायमै रहोस् भन्ने चाहना राखेको छ । कूटनीतिक स्रोतका अनुसार, नेपालले डोक्लाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लाम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको बताएको ।
भ्रमणको क्रममा वाङ्ले राष्ट्रपति, प्रधानमन्त्रीलगायत पार्टीका अध्यक्ष नेताहरुसँग भेटने कार्यक्रम रहेको छ । 

तपाईंको बिचार