Sunday, November 19, 2017

शुरु भयो इम्वोस्ड नम्बर दर्ता, नम्बर प्लेट जडान गर्न कति लाग्छ त खर्च

प्रकाशित मिति: 2017/08/25

भदौ ९, काठमाडौं । सरकाले ल्याएको इम्वोस्ड (डिजीटल) नम्बर प्लेट दर्ता प्रकृया आजबाट शुरु भएको छ। यातायात व्यवस्था विभागले शुक्रवारबाट बागमती यातायात कार्यलयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ।

पहिलो चरणमा सोमबारबाट सरकारी गाडीहरुमामा नम्बर जडान गरिने छ। भदौ ५ गते सोमबार यातायात मन्त्री वीर बहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको औपचारिक उद्धघाटन गरेका थिए। अहिले विभागको तथ्याङक अनुसार लगभग ४० हजार सरकारी गाडीहरु रहेका छन्। पहिलो चरणमा उक्त गाडीहरुमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याइनेछ। त्यसपछि क्रमश अन्य गाडीहरुमा ५ बर्षभित्रमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको विभागले जनाएको छ। सरकारले बजेटमा पनि ५ बर्षभित्रमा देशभरिका सबै सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।

 नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय, तीन पाङग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ। चारपाङग्रेका लागि ३२ सय रुपैयाँ तथा हेभी सवारीसाधनका लागि ३६ सय रुपैयाँ तोकिएको छ।

तपाईंको बिचार