Sunday, November 19, 2017

रोजगारीको लागि अन्तर्राष्ट्रिय श्रम संगठन र नेपालको सहकार्य, अब योग्यता अनुसार रोजगारी पाइने

प्रकाशित मिति: 2017/08/27

भदौ ११, काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर धधध।वयदपजयव।नयख।लउ  मा गएर खोज्नसक्नुहुन्छ ।
 
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा आजदेखि सो वेबसाइट सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रबाट रोजगारीसम्बन्धी विभिन्न वेबसाइट सञ्चालनमा रहे पनि सरकारीस्तरबाट निजी क्षेत्रको रोजगारीलाई केन्द्रमा राख्दै खोलिएको पहिलो वेबसाइट हो ।
 
श्रम मन्त्रालयअन्तर्गत देशका १४ ठाउँमा रहेका रोजगार सूचना केन्द्रले समेत यसका लागि सहजकर्ताको भूमिका खेल्नेछ ।वेबसाइटमा बिभिन्न पदहरुमा कामका लागि मागसहितको विवरण राखिएको हुन्छ, त्यो हेरेर आफूलाई उपयुक्त पदमा आवेदन दिन सकिनेछ । 
 
रोजगारको खोजीमा रहेकाहरुले आफूले चाहेको काम, सिकेको सीप, शैक्षिक योग्यतालगायतका विवरणसहितको व्यक्तिगत विवरण पठाउन सक्नेछन् । त्यस्तै रोजगारदाताले आफूले चाहेको कामदार, पदलगायतका विवरण पठाउन सक्नेछ ।श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले आज एक कार्यक्रमबीच सो वेबसाइटको शुभारम्भ गर्दै यसले रोजगारदाता र रोजगारी खोज्नेहरुका लागि समन्वयको काम गर्ने विश्वास व्यक्त गरे।उनले विविध क्षेत्रमा नेपालभित्रै रोजगारीको अवसर रहे पनि विदेशिनै पर्छ भन्ने मानसिकताले समस्या ल्याएको बताए।
 
सरकारले सातै प्रदेशमा सीपमूलक तालीम दिने तयारी सुरु गरिसकेकोले यसले रोजगारीको अवसर सिर्जना गर्ने उनको भनार्इ छ।श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वेबसाइटमार्फत बढीभन्दा बढी रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुले सेवा पाउन भन्ने आफूहरुको ध्येय रहेको बताउँदै आवश्यकताअनुसार वेबसाइटको परिमार्जन गरिने बताए।
 
आईएलओ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले वेबसाइटले रोजगारीको अवसर र सूचना देशभर पु¥याउने तथा निजी क्षेत्र र कामदारका लागि पुलको काम गर्ने आशा व्यक्त गरे।कार्यक्रममा रोजगारदाता र मजदुर संगठनका प्रतिनिधिहरुले वेबसाइट सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरता र प्रभावकारितामा ध्यान दिन सुझाव दिए । –रासस

तपाईंको बिचार