Sunday, November 19, 2017

दरबारमार्गमा मिल्क एण्ड हनी सिंगापुर फ्रेन्चाइस सुरु

प्रकाशित मिति: 2017/09/03

भदौ १८, काठमाडौं । दरबारमार्गस्थित शेर्पा मल सप नम्बर ७ मा रहेको भोजघर प्रालिले मिल्क एण्ड हनी सिंगापुर फ्रेन्चाइस सञ्चालनमा ल्याएको छ । यसको ओपनिङको अवसरमा सबै ग्राहकहरुलाई १० प्रतिसत छुटको व्यवस्था गरिएको भोजघरले जनाएको छ । 

यहाँ स्वादिलो परिकार पाइन्छ । यहाँ आफुलाई मन पर्ने चिज मेनुबाट छानेर विभिन्न परिकारका स्वादहरु लिन सकिन्छ । विशेषगरी योगर्टको आइक्रिम, बेकरी र कन्फेसनरी, कफी, जुस का साथै धेरै नयाँ सामानहरु पाइनु यहाँको विशेषता हो । साथै यहाँ बर्थ डे केक पनि अर्डरअनुसार बनाउन सकिन्छ । 

विदेशबाटै सेफ, मार्केटिङ स्टाफहरु आएर यहाँका स्टाफहरुलाई ट्रेनिङ दिइरहेका छन् । तसर्थ, यो यूवा तथा विदेशी पाहुनाहरुको लागि उचित गन्तव्य हुन सक्छ । मिल्क एण्ड हनी डिगर्ट बार सिंगापुर विशेष भोजहरुको स्टल लिएर नयाँ स्वादहरु नेपाली पाहुनाहरुलाई दिन सकिने भोजघरका म्यानेजरले बताउनुभयो । 

तपाईंको बिचार