Sunday, November 19, 2017

दरबारमार्गमा सेलका नाममा उपभोक्तामाथि ठगी, २६ सयको जुत्तालाई २६ हजारमा बिक्री

प्रकाशित मिति: 2017/09/04

भदौ १९, काठमाडौं । दरबारमार्गमा रहेका ब्राण्डेड शपले ‘सेल’का नाममा ठगी गरेको पाइएको छ। दरबारमार्गमा सबैतिर ५० प्रतिशतभन्दा बढी छुटका बोर्ड राखेका छन्। तर मूल्य भने ५० प्रतिशतभन्दा बढी थपेर सेलका नाममा ठगी गरेको पाइएको हो।

आपूर्ति व्यवस्थापन विभागले सोमबार गरेको अनुगमनमा सेलको नाममा उपभोक्तालार्इ बढी रकम असुलेर सामान बिक्री गरेको पाइएको हो।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दुर्इ सय प्रतिशतसम्म मुनाफा लिएर ‘सेल’का नाममा उपभोक्ता ठगी गरेको पाइएको बताए।

सेलका नाममा उपभोक्तालार्इ बढी मूल्य राखेर सामान बिक्री गरेको पाइयो। यो ठगी नियन्त्रणका लागि अनुगमन सुरु गरेको प्रहरीले जनाएको छ । टोलीले धेरै मुनाफा लिएर सामान बिक्री गरेको भेटिएपछि ती पसलमा सील गरेको छ। 

दरबारमार्गका नाइक, वेन्टले, स्टोर वान र पुमाको बिलविजक हेर्दा दुर्इ सय प्रतिशतसम्म नाफा लिएको भेटिएको छ । नाइकले २६ सयमा किनेको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ। यो सरासर उपभोक्तालार्इ लुट्ने काम हो। २६ सय रुपैयाँको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरिएको प्रहरी भने । 

दरबारमार्गमा रहेका धेरै ब्राण्डेड शपले सेलका नाममा अतिरिक्त नाफा राखेर बिक्री गरेको पाइएको छ। यो पसललार्इ बढी मुनाफा लिएको आधारमा कालोबजारी ऐन आकर्षित हुनेछ। टोलीमै रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षले सेलमा पचास प्रतिशतसम्म छुट भनेर उपभोक्तालार्इ ठगी गरेको पाइएको बताए।

तपाईंको बिचार