Sunday, November 19, 2017

चेपाङ मार्ग एडीबीले निर्माण गर्ने

प्रकाशित मिति: 2017/09/05

भदौ २०, काठमाडौं । भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि एसियाली विकास बैंक ९एडीबी०ले लगानी गर्ने भएको छ ।

उक्त मार्गको ट्रयाक खुलिसकेको छ । स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । उक्त मार्गको दूरि अहिले ६१ किलोमिटर छ । १० किमि घटाएर फराकिलो बनाउन केही स्थानमा ट्रयाक परिवर्तन र केहीमा सुरूङ निर्माणको तयारी छ । ठोरी–रसुवागढी सडकको एक अंश हो, चेपाङ मार्ग । ठोरी–रसुवागढीको दूरी एक सय ६८ किमि छ । त्यसमध्ये ६१ किमि खण्ड चेपाङ मार्गमा पर्छ । धादिङको मलेखुबाट चितवनको भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको छ ।

अहिले मलेखुबाट मुग्लिन हुँदै नारायणगढसम्मको दूरी एक सय पाँच किमि छ । त्रिशुली नदीमाथिको भीर छिचोलेर सडक निर्माण गरिएका कारण जोखिम पनि उत्तिकै छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखु पुग्न ४४ किमि छोटो पर्नेछ । १५ करोड लागतमा १५ किमि कालोपत्रे गर्न धादिङको मलेखुबाट काम सुरु भएको छ । चालु आर्थिक वर्षमा कालोपत्रे सकिने इन्जिनियर गाइले जानकारी दिए ।

उक्त सडक बन्ने भएपछि त्यस ठाउँका बासिन्दाहरु खुशी भएका छन् भने त्यहाँका बासिन्दा अब दैनिक काम र व्यापार व्यवसाय गर्न सहज भएको छ । 

तपाईंको बिचार