Sunday, November 19, 2017

ठमेलमा १२८ थान अबैध एटीएमसहित विदेशी नागरिक पक्राउ

प्रकाशित मिति: 2017/09/11

काठमाडौं । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा पक्राउ गरेको हो ।

मिट्को स्तोनोभ मिथ्युभ नामका बुल्गेरियनसंग अबैध एटीएम कार्ड १२८ थान, नेपाली नगद चार लाख ४० हजार, अमेरिकी डलर २० तथा मोबाइल फोन १ थान, ल्यापटप १ थान र कार्डस्कीमर १ थान सहित पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । पक्राउ परेका प्रतिवादीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको ब्यूरोलो जनाएको छ ।

तपाईंको बिचार