Sunday, November 19, 2017

खुले दरबारमार्गका पसल

प्रकाशित मिति: 2017/09/12

काठमाडौं । व्यवसायीहरुबीच तव्रि विवादकाबीच दरबारमार्गका पसलहरु खुलेका छन् । व्यवाय बन्द गरेर सरकारविरुद्धको आन्दोलन चर्काउने एक थरी व्यवसायीको भनाई थियो भने अर्काथरी व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै अन्दोलन गर्नुपर्ने भनाइ राखेका थिए । 

व्यवसायीहरुबीच पसल खोल्ने र बन्द गर्ने विषयमा लामो समयसम्म चर्काचर्की परेको थियो । लाखौं रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएकोमा अनुगमनका विरुद्ध व्यवसाय बन्द गरेर आन्दोलमा उत्रिदा आफ्नै नोक्सानी हुने तथा दशैंको बेला ग्राहकहरु अन्यत्र जाने भएकाले पसल खोल्नुपर्ने उनीहरुको जोड थियो । तर, न्यून बिजकिकरण तथा अधिक बिक्री मूल्य राखेका व्यवसायीहरुले भने पसल कुनै पनि हलतमा खोल्नु पर्ने, आफूहरु बीचको एकता कायम राख्नु पर्ने सरकारलाई दवाव दिन न्यूरोड खिचापोखरीलगायतका क्षेत्रका पसलहरु पनि बन्द गरी सडकमा उत्रिनुपर्नेमा जोड दिएका थिए । दिनभरीको माथापिच्छेपछि चेम्वरले दुईदिन भित्र समस्यासमाधनका निम्ति पहल गर्ने सहमति गर्दै तत्कालका निम्ति दरबारमर्गका पसल खोल्ने निर्णय भएको छ ।

दुई दिनभित्र चेम्वरले दरबारमार्गका व्यवसायीमाथिको कारबाहीलाई तुहाउन नसके दशैंको मुखमा न्यूरोड, दरबारमार्ग, खिचापोखरीका पसल बन्द गर्ने चेतावनी दिएका छन् । त्यहाँ न्यून बिजकिकरण गरि राजस्व छलिगर्ने तथा खरिद मूल्यभन्दा अधिक मूल्यमा सामानको बिक्री गरी कालोबजारी गर्न सक्रिय व्यवसायीले भने अब छापामार्ने र सिलबन्दी गर्ने विषयमा चेम्वरले ग्यारेन्टि गर्नुपर्ने भन्दै नेपाल चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई र्याखर्याख्ती पारेका थिए । उनीहले पत्रकारले आफूलाई कालोबजारी गरेको भन्दै समचार लेखेकोप्रति पनि आपत्ति जनाएका थिए ।

सरकारी अनुगमन तथा पसल शिलबन्दीको विरुद्ध व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएका दरबारमार्गका व्यवसायीहरूले अन्ततः  पसल खोलेका छन् । नेपाल चेम्बर अफ कमर्सले समस्या समाधानका लागि पहल गर्ने भन्दै पसल खोल्न आग्रह गरेपछि दरबारमार्गका व्यवसायीहरूले पसल खोलेका हुन् ।

तपाईंको बिचार