Sunday, November 19, 2017

फेमीली तेल गुणस्तरहीन, शिवशक्ति उद्योगमा शिलबन्दी

प्रकाशित मिति: 2017/09/13

भदौ २८, बारा। फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा आपुर्ती व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेको छ। गत राती विभागका शाखा अधिकृत मोहन पुडासैनीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर उखु फारम नजिक रहेको उद्योगमा छापा मारेको हो।
 
फेमिली तेलमा अखाद्यय वस्तू फेला परेपछि अनुगमनको क्रममा फेमिली तेल उत्पादन तथा बजारमा गरिने बिक्री बितरणमा रोक लगाइएको शाखा अधिकृत पुडासैनीले बताए। ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा अपरान्ह ५ बजे उद्योग परिसर प्रवेश गरेको आपुर्ती विभागको टोलीले राती साढे ८ बजे उद्योगबाट बाहिरिएको थियो। गत साउन महिनामा फेमिली तेलको स्याम्पल परिक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित अनुगमन टोली गोप्य रुपमा बारा आएको थियो। 
 
अनुगमन टोलीले उत्पादनको ६ महिनासम्म उपभोग गर्न सकिने तेलको प्याकेटमा लेखिए पनि गत चैतमा उत्पादन भएको केही तेलका प्याकेट ४ महिना भित्रै अखाद्य वस्तुमा परिणत भइसकेको विभागको परिक्षणमा फेला परेको उनले जानकारी गराए। अनुगमन टोलीले तत्काल उद्योगको उत्पादन तथा बजारमा पठाउन रोक लगाउन निर्देशन दिएको छ। शिव शक्तिको अर्को प्लान्ट घ्यु उद्योगमा पनि मिसावटको सम्बन्धमा अनुगमन गर्न खोज्दा उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्रतिकार गरेपछि अनुगमन टोली खाली हात फर्कियो। 
 

 

तपाईंको बिचार