Sunday, November 19, 2017

निर्वाचन आयोगको लागि पाँच वटा गाडि किन्ने टेण्डर युनाइटेड ट्रेडर्सले पायो

प्रकाशित मिति: 2017/09/13

भदौ २८, काठमाडौं । निर्वाचन आयोगले गाडी खरिद प्रक्रियाको टेण्डरलाई स्वीकृति दिएको छ। आयोगले ३० असारमा आह्वान गरेको टेण्डर अनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिलाई टेण्डर स्वीकृत गरेको आशय सूचना बुधबार प्रकाशति गरेको छ।

आयोगका अनुसार एउटा गाडीको मूल्य करबाहेक दुई करोड पाँच लाख ३० हजार ९७३ रुपैयाँ रहेको छ। करसहित एउटा गाडीको मूल्य दुई करोड ३२ लाखको हाराहारीमा पुग्छ। युनाइटेड ट्रेडर्सले आयोगलाई पाँचवटा गाडी उपलव्ध गराउनेछ। सम्झौताको ६० दिनभित्र गाडी उपलव्ध गराइसक्नु पर्नेछ।

 

तपाईंको बिचार