Sunday, November 19, 2017

धुर्मुस–सुन्तलीद्वारा सन्तपुर एकीकृत नमूना वस्तीको शिलन्यास

प्रकाशित मिति: 2017/09/20

असोज ४, रौतहट । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले  रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माणको शिलान्यास गरेका हुन् 

५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए । बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको उनले भने ।

आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस–सुन्तलीले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिए ।

तपाईंको बिचार