Sunday, November 19, 2017

सेनाले द्रुतमार्गको डीपीआर परिमार्जन गर्ने

प्रकाशित मिति: 2017/09/20

असोज ४, काठमाडौं । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्गको प्रस्तावित  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गर्ने भएको छ । भारतीय कम्पनी आईएल एण्ड एफसीेले तयार पारेको डीपीआरलाई पुनरावलोकन गरिरहेको सेनाले केही परिमार्जन सहित त्यसलाई स्वीकार गर्ने भएको छ ।

आज संसदको विकास समितिका इन्जिनियरिङ विभागका प्राविधिक उपरथी तथा द्रुतमार्गको निर्देशक समितिका संयोजक योगेन्ऽबहादुर खाँडले सेनाले फास्ट ट्रयाकको पुुरानो प्रस्तावित डीपीआरमा हेरफेर गर्न लागिएको जानकारी दिए ।

भूकम्को जोखिम बढीरहेकाले ७५ मिटर अग्ला पुलको उचाइ घटाएर बनाउन लागिएको जनाएको छ । । ९ महिनाभित्र डीपीआरको पुनरावलोकन सकिने जनाएको हो ।

४ वर्षभित्र दु्रतमार्ग बनाइ सक्ने जनाउँदै  यसका लागि सेनासहित विदेशी प्राविधिक तथा नेपाली निर्माण व्यवसायी संलग्न बताएका छन् ।

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न पाँच स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।

सरकारले द्रुतमार्गको निर्माणको सबै जिम्मेवारी सेनालाई दिएको छ । सरकारले फस्ट ट्र्याकको कार्यबिधि पनि पनि पारित गरिसकेको छ ।

तपाईंको बिचार