Sunday, November 19, 2017

द्रुतमार्गको डीपीआर नेपाल सरकारले भारतीय कम्पनीसँग किन्ने

प्रकाशित मिति: 2017/10/13

काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई भनेको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस)ले डीपीआर बनाएको छ । सुरुमा द्रुतमार्गलाई बुट प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो । 

प्रचण्ड सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्‍यो । भारतीय कम्पनीले भने आफूले बनाएको डीपीआर किन्नु पर्ने शर्त राख्यो ।

तपाईंको बिचार