Saturday, December 16, 2017

नेपालीलाई इजरायल खोलिँदै

प्रकाशित मिति: 2015/08/07

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा अव नेपालीहरु कामदार पनि जान पाउने भएका छन् । इजरायल पठाउने नाममा कामदारसँग म्यानपावर कम्पनीले चर्को रकम असुलेको भन्दै चारवर्षअघि देखि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । त्यसपछि पटकपटकका वार्तापछि पनि नेपाली कामदार लिन नमानेको इजरायलले केही समयअघि नेपाली कामदार लाने जनाउ दिएको थियो । यहि कामदार पठाउने व्यवस्था मिलाउने विषयमा शुक्रबार सहमति हुने भएको छ ।  
     श्रम तथा रोजगार राज्यमन्त्रीका कानुनी सल्लाहकार केशवराज जोशीका अनुसार इजरायलमा कामदार पठाउन दुई देशबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
पहिलो चरणमा पाइलट परियोजना अन्तर्गत तीन सय जना कामदार लिन इजरायल सहमत भएको हो । विभिन्न चरणमा गरेर तीन सय जना कामदार लिने सहमति भएको इजरायलमा पहिलो चरणमा जम्मा ५० जना कामदारमात्र जान पाउनेछन् । गएका कामदारबाट रोजगारदाता सन्तुष्ट भएमा मात्र थप कामदार लिने इजरायलको रणनीति छ । जाने कामदारले टिकट खर्च आफैँ व्यहोर्नुपर्नेछ । हालको विनिमय दरअनुसार त्यहाँ जाने कामदारको मासिक तलव झण्डै एक लाख १० हजार हुनेछ । सो मुलुक जाने कामदारको उमेरहद २५–४५ हुनुपर्ने बताईएको छ । त्यस्तै विद्यालयीय तह उक्तिर्ण गरेको हुनु आवश्यक छ ।
निश्चित प्रकृया पूरा गरेरमात्र जान पाउने इजरायजले महिला कामदारहरुमा विशेष जोड दिएको छ । कामदारले जानुअघि नर्सिङ तथा केयर गिभरसम्बन्धी तीन महिनाको आधारभूत तालिम लिनुपर्नेछ ।
     इजरायलमा केयर गिभर, पर्यटन, कृषिलगायतमा नेपाली कामदारको माग छ ।  

 

 

तपाईंको बिचार