Sunday, November 19, 2017

काठमाडौं देखि धुलिखेलसम्म चल्ने मेट्रो रेलको अध्ययन प्रतिवेदन तयार

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रो रेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ ।

वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य छन् ।

अध्ययन प्रतिवेदनअुसार काठमाडौं भित्र र धुलिखेलसम्म मेट्रोरेल

– दुवै रुट ७९ किलोमिटरको हुने ।

– चार वर्षभित्र निर्माण सम्पन्न हुन सक्ने ।

– दुवैको लागत ५ खर्ब ३६ अर्ब

– दुवैलाई ३५/३५ मेगावाट विद्युत आवश्यक

– दैनिक साढे तीन लाख यात्रुलाई सेवा

तपाईंको बिचार