Sunday, November 19, 2017

केरुङ–काठमाडौं रेलमार्ग निर्माणको छलफल गर्न चिनियाँ टोली नेपाल आउने

प्रकाशित मिति: 2017/10/30

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको निर्माणको छलफल गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । चीन सरकारले नेपालसँग भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि छलफल गर्न यसै साता आफ्नो उच्चस्तरिय प्रतिनिधी मण्डल नेपाल पठाउन लागेको हो ।

प्रतिनिधी मण्डलमा चिनियाँले आफु रेल निर्माणबारे छलफल गर्न नोभेम्बर पहिलो साता नेपाल आउने भएकाले आवश्यक सुरक्षा लगायतको प्रबन्ध मिलाउन दुतावास मार्फत पत्र पठाएको हो । ‘दुई सरकारबिच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरिय चिनियाँ प्रतिनिधी मण्डल एक साता भित्रै नेपाल आउने भएपछि आवश्यक तयारी रेल विभाग त्यसको तयारीमा लागेको छ । 

गत साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालिन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी हस्ताक्षर गरेका थिए । २०७२ साल चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।  चिनियाँ प्रतिनिधी मण्डलसँग केरुङ–काठमाडौं रेलमार्ग रेलमार्ग निर्माण सम्बन्धी ठोस सम्झौतामा हस्ताक्षर गरेर अध्ययन आरम्भ गर्ने सम्भावना रहेको छ ।

चीन सरकारले प्राबिधिक सहितको टोली आउने भएपछि सम्भाव्यता अध्ययन अघि बढाउनका लागि सम्झौता हुने सम्भावना रहेको छ । 

तपाईंको बिचार