Sunday, November 19, 2017

लमजुङमा १७ किलो सुनसहित एक व्यक्ति पक्राउ

प्रकाशित मिति: 2017/11/02

लमजुङ । प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामाका साथबाट सुनका १७ वटा विस्कुट प्रहरीले बरामद गरेको हो ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् । मनाङको नासोङ गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष नाम पनि पासाङ लामा नै छ । तर, पक्राउ परेका व्यक्तिले आफू वडाध्यक्ष नभएको बताएका छन् । 

तपाईंको बिचार