Monday, September 24, 2018

तामाकोशी आयोजनाले असारमा उत्पादन थाल्न सुरुङको अन्तिम भाग फुटाउने काम सक्यो

प्रकाशित मिति: 2017/11/19

दोलखा । नाकाबन्दी र भूकम्पका कारण समस्या परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजाले आज सुरुङको अन्तिम भाग फुटाउने काम सकिएको छ । आज विहान उर्जा सचिव अनुपकुमार उापध्यायको निर्देशनमा आज विहान ८ बजे निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी सुरुङको अन्तिम भागको काम सकिएको हो । 

दोलखाको लामावगर स्थित ड्याम साइटबाट पावर हाउस गोंगरमा पानी ल्याउन १६ किलोमिटर लामो सुरुङ निर्माण गरिएको छ। सुरुङ ब्रेक थ्रु भएसँगै आयोजनाको काम एक कदम अगाडि बढेको हो।  

४५६  मेगावाटको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीबाट आउँदो असार भित्र ७६ मेगावाट बिजुली आउँदो असार भित्र उत्पादन गर्ने लक्ष राखिएको छ। ७६ मेगावाट दरका छ वटा जेनेरेटर बाट बिजुली उत्पादन हुनेछ।
 
आयोजनाको सिभिल तर्फको ९० प्रतिशत काम पुरा भइ सकेको छ। अब मेसिन जडान लगायतका मेकानिकल काम मात्र बाँकी छन्। ठूला मेसिन लैजान दोलखा सदरमुकाम चरिकोटबाट आयोजना स्थल तर्फको बाटो बढाउने एवं पिच गर्ने काम भइ रहेको छ।
 
करिब साढे ३५ अर्ब रुपैयाँ लागत रहेको परियोजना स्वदेशी पूँजीमा निर्माण गरिएको हो। आयोजनामा प्राधिकरण, नेपाल टेलीकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतले लगानी गरेका छन्। त्यस बाहेक सर्वसाधारणलाई समेत छिटै शेयर जारी गर्ने कम्पनीको तयारी छ। २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सफलता पश्चात प्राधिकरणले माथिल्लो तामाकोशी निर्माणमा हिम्मत गरेको हो। 

२०७२÷७३ भित्रै सम्पन्न गर्ने निर्माण थालिएको आयोजना २०७२ को महाभूकम्पका कारण पछि धकेलिएको थियो। २०७१ फागुनमै आयोजनाको ७० प्रतिशत काम पुरा भएको थियो। तर, भूकम्पले आयोजना स्थल जाने बाटो एवं सुरुङमा समेत गभ्मिर क्षति पुर्याए पछि निर्माण अवधि लम्बिन पुग्यो। २०७२ पुसमा आयोजनालाई पुर्ण क्षमतामा सञ्चालन गर्ने गरि निर्माण कार्य भइ रहेको छ।
 
तामाकोशीबाट उत्पादित विद्युत ४७ किलोमिटर टाढा खिम्ती जलविद्युत आयोजना नजिकै निर्माण हुने सव स्टेसनमा जोडिनेछ । प्रशारण लाइनका कुल एक सय ४७ वटामध्ये अब १६ वटा निर्माण गर्न बाँकी छन्। तामाकोशी आएपछि औद्योगिक क्षेत्रको लोडसेडिङ समेत अन्त्य हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् । 

तपाईंको बिचार