Saturday, June 23, 2018

चमेलिया आयोजना विद्युत उत्पादन अन्तिम चरणमा

प्रकाशित मिति: 2017/11/20

काठमाडौं । चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने काम सुरु अन्तिम चरणमा पुगेको छ । दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ ।

४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ । यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।

चमेलिया जलविद्युत आयोजनाका अनुसार डिसेम्बर १२ मा वेट टेस्ट गर्ने प्लान छ र कुनै समस्या नदेखिएमा तत्कालै चमेलियाबाट बिजुली बल्नेछ । 

यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान थियो । तर हेडवरक्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको दाहालले बताए । बन्द गर्नुपर्ने दुईवटा गेटमा यसपालीको वर्षाले क्षति पुर्‍याएकाले पूरै पानी नथुनिएपछि बिजुली बाल्ने काम पछि सरेको हो ।

तपाईंको बिचार