Tuesday, December 11, 2018

१९ वर्षमा १ करोड २९ लाख यात्रु मनकामना केबलकार चढे

प्रकाशित मिति: 2017/11/24

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारमा १९ वर्षको अवधिमा १ करोड २९ लाख जना यात्रु चढेका छन् ।

०५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो केबलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्। कम्पनी आजदेखि १९ वर्ष पूरा गरि २०औं वर्षमा प्रवेश गर्दैछ । मनकामना मन्दिरसम्म पुग्ने यो केबलकार स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना गरेका हुन्। यो केबलकारले प्रति घण्टा ६ सय यात्रु बोक्न सक्ने कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। उनका अनुसार तीन वटा गोन्डोला (डब्बा) थपिदैछ । यो डब्बा थपेपछि दैनिक ६ सय यात्रु चढ्न पाउने उनले बताए । 

श्रेष्ठले केबलकार स्थापना हुँदा र अहिलेसम्म स्थानीयको सहयोग महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहमा आर्थिक सबलीकरण भएको बताए । ‘केबलकार रहेको बटम र टप स्टेशनमा होटल र रेष्टुरेन्ट स्थापना भएका छन् । त्यसले स्थानीय तहमा आर्थिक समृद्धिमा बल पुगेको छ’उनले भने, केवलकारले राष्ट्रिय रुपमा पनि राजस्वको ठूलो योगदान दिएको छ।‘

तपाईंको बिचार