Thursday, January 18, 2018

बुढीगण्डकी जलविद्युत आयोजना अब स्वदेशी लगानीमा बन्ने

प्रकाशित मिति: 2017/11/24

काठमाडौं । मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गने निर्णय गरेको छ । १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने भएको हो । 

ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री थापाले आयोजना स्वदेशी लागनीमै निर्माण गर्ने जानकारी दिए ।

यसअघि कात्तिक २७ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने प्रचण्ड सरकारको निर्णय खारेज गरेको थियो । बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न असोज ९ गतेको संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले सरकारलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गरिएको थियो । 

तपाईंको बिचार