Thursday, August 16, 2018

दूध उद्योगमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढिको क्षति

प्रकाशित मिति: 2017/11/29

 इलाम । सूर्योदय नगरपालिका–६  हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ। 
 
बिहान साढे पाँच बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिए।
 
आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलका प्रयासमा दुई  घण्टामा आगो नियन्त्रणमा लिइएको छ। –रासस

तपाईंको बिचार