Saturday, December 16, 2017

सेयर बजारका विशेषज्ञहरुको खोजीमा नेप्से

प्रकाशित मिति: 2017/12/06

काठमाडौँ । विज्ञहरुको रोष्टरका लागि नेप्सेले सूचना निकालेको छ । नेप्सेले आफ्नो सेवालार्इ परिस्कृत गरेर आधुनिक बनाउन विज्ञहरुको सूची तयार पार्न लागेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउँदले बताए । विधागत रुपमा विज्ञको सूची तयार पारेर परामर्श लिने उनले बताए।

पहिलो चरणमा नेप्सेले आठ क्षेत्रका विज्ञहरुको सुची तयार गर्न लागेको छ। नेप्सेका अनुसार पूँजी बजार (दोस्रो बजारका) विज्ञ, कम्पनी कानुन र व्यापारिक कानुन, वित्तीय विश्लेषक, मानब संसाधन ब्यबस्थापन विज्ञ, नयाँ औजार निर्माण विज्ञ, द्धन्द्ध व्यबस्थापन विज्ञ, बस्तु तथा विनिमय बजार विज्ञ, प्रोक्र्युमेन्ट ब्यबस्थापन विज्ञलाई सूचीकरण हुन आग्रह गरेको हो।

तपाईंको बिचार