Thursday, May 24, 2018

त्रिशुली–रसुवागढी सडक दैनिक ८ घण्टा बन्द हुने

प्रकाशित मिति: 2017/12/17

काठमाडौं । गल्छी–त्रिशुली–रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ। तीन महिनासम्म दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गल्छी–पिपलटार सडक बन्द हुने भएको छ ।

त्रिशुली–मैलुङ सडकको कामलाई तीव्रता दिन सडक बन्द गर्न लागिएको हो। त्रिशुली–मैलुङ सडक आयोजनाको कामलाई तीव्रता दिन दैनिक ७ घण्टा सडकमा काम हुनेछ। गल्छी–त्रिशुली रसुवागढी सडकको गल्छीदेखि पिपलटारसम्मको सडक खण्डमा पहाड काट्ने काम हुने भएकाले फागुन मसान्तसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

प्रहरीले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न पनि सर्वसाधरणलाई अग्रह गरेको छ।

तपाईंको बिचार