Tuesday, December 11, 2018

चिनियाँ नाकाको अवलोकनका क्रममा ओली भने अब देशमा तिब्र आर्थिक विकास

प्रकाशित मिति: 2017/12/19

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिनियाँ नाकाको अवलोकनका लागि रसुवाको टिमुरे पुगेका छन्। महासचिव ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य शकर पोखरेल, सुवास नेवाङलगाएतका नेतालाई साथमा लिएर अध्यक्ष ओली टिमुरे पुगेका हुन्।

उत्तरी नाका रसुवागढी निरीक्षणमा निस्किएका बेला टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रमममा ओलीले देशमा तीव्र परिवर्तनको खाँचो रहेको बताए।

ओलीले भने, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि परिवर्तनको खाँचो छ। राष्ट्र सेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी छ।’ 

तपाईंको बिचार