Monday, June 25, 2018

पाँच अर्ब रुपैयाँ राष्ट्र बैंकले आज बित्त बजारमा पठाउँदै

प्रकाशित मिति: 2017/12/31

काठमाडौं । बित्त बजारमा तरलता अभाव चर्किएपछि नेपाल राष्ट्र बैंकले आज आईतबार पाँच अर्ब रुपैयाँ बैंक तथा बित्तीय संस्थाहरुमा पठाउँदै छ ।

राष्ट्र बैंकले यस अघि आफुले बिक्री गरेको बिकास ऋण पत्र खिची सो वापतको रकम बैंक तथा बित्तीय संस्थाहरुलाई फिर्ता गर्न लागेको हो ।

यस अघि बिकास ऋण पत्र किनेका बैंकहरुले सो फिर्ता गरी पैसा लैजानसक्ने छन् । जसलाई पैसाको बढी आबश्यक परेको हो, उसले नै यसमा बढी जोड गर्नसक्छ । अन्तर बैंक ब्याज दर पाँच प्रतिशत माथि गएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी बजारमा तरलता प्रबाह गर्ने गर्छ भने बजारमा अधिक तरलता भएको अबस्थामा बजारबाट पैसा तान्ने गर्छ । बित्त बजारमा तरलता अभाव भयो भन्दै बैंकहरुले धमाधम निक्षेपको ब्याज बढाएका छन् भने कर्जा दिने पैसा नभएको दावी पनि गर्ने गरिएको छ ।

तपाईंको बिचार