Saturday, June 23, 2018

राष्ट्र बैंकले दुई अर्ब ३१ करोड लगानी गर्ने

प्रकाशित मिति: 2017/12/31

काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुककुटीमा रहेको रकम विभिन्न बैंकहरुमा मुद्दती निक्षेपका रुपमा राख्न सूचना प्रकाशित गरेको छ । आइतबार जारी गरेको सूचनामा राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दतीमा राख्न विभिन्न बैंकहरुलाई निवेदन दिन आव्हान गरेको हो । राष्ट्र बैंकले २ अर्ब ३१ करोड ७६ लाख बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

आइतबार लगानी सम्बन्धी सूचना सार्वजनिक गर्दै केन्द्रिय बैंकले २०७४ माघ २ गते देखि २०७५ माघ१ गतेसम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गने जनाएको छ ।

निक्षेप लिन चाहाने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित यही पुष १९ गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिन सक्ने जनाएको छ । क वर्गका बैंकहरुमा १ अर्ब ८५ करोड ४१ लाख, ख वर्गका बैंकहरुमा ३४ करोड ७६ लाख र ग वर्गका वित्तीय संस्थाहरुमा ११ करोड ५९ लाख रुपैयाँ राष्ट्र बैंकले निक्षेप जम्मा गर्नेछ।

राष्ट्र बैंकले रकम लिनका लागि आवेदन पेस गर्ने मापदण्ड समेत तोकेको छ । बैंक सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त राखेको छ ।

तपाईंको बिचार