Friday, September 21, 2018

टेलिया सोनेरालार्इ ६५ अर्ब कर तिर्न १५ दिने अल्टिमेटम्

प्रकाशित मिति: 2018/01/03

काठमाडौं । नेपाल सरकारले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड रुपैयाँ कर चुक्ता गर्न सूचना जारी गरेको छ । 

ठूला करदाता कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा अन्य विधिबाट कर असुल उपर गर्ने चेतावनि समेत दिएको छ । कर कार्यालयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाले हालको कम्पनी एक्जियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पूँजीगत लाभकर बुझाउन भनेको हो । यसअघि गत जेठ १३ मा करदाता कार्यालयले टेलिया सोनेरालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो।

२०७२ चैत्रमा टेलिया सोनेरालाले एक्जियटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो । त्यत्तिबेला टेलियाले ६० अर्ब ७१ करोड रुपैयाँ नेपाल सरकारलाई पूँजीगत लाभाकर बापत बुझाउनु पर्ने देखिएको थियो । अहिले त्यसको ब्याज तथा हर्जाना समेत गरेर ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

सर्बोच्च अदालतले एनसेललाई २५ अर्ब रुपैयाँ लाभांश बिदेश लैजान बाटो खोलिदिएपछि ठूला करदाता कार्यालय बक्यौता रहेको कर असुलिमा लागेको हो ।  यसै शिलसिलामा ठूला कर कार्यालयले ठूलो बक्यौता कर असुलीमा चासो देखाएको हो ।

तपाईंको बिचार