Monday, September 24, 2018

ग्यासको कमिशन बढाउन प्रधानमन्त्रीसँग ग्यास बिक्रेताको माग

प्रकाशित मिति: 2018/01/07

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले  ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधीलाई कमिशन बढाउने आश्वासन दिएका छन्।  देउवाले मन्त्रिपरिषबाटै निर्णय गराएर कमिशन बढाउने आश्वासन दिएका हुन्।

आपूर्तिमन्त्री जयन्त चन्दमार्फत कमिशन वृद्धि प्रस्ताव ल्याएर कार्यान्वयन गराउने प्रधानमन्त्री देउवाले भने । चार वर्षदेखि कमिशन नबढ्दा व्यवसाय संकटमा परेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताएका छन् । 

उनले अहिले ग्यास बिक्रेताले एक सिलिण्डर ग्यास बेच्दा ३२ रुपैयाँ मात्रै कमिशन पाएको बताउँदै यसले पसल भाडा समेत धान्न कठिन भएको बताए । उनले एक सिलिण्डर ग्यास बेच्दा ६७ रुपैयाँ कमिशन पाउनुपर्ने बताउँदै कमिशन वृद्धि नभए सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

तपाईंको बिचार