Thursday, January 18, 2018

सिभिल बैंकका कर्मचारी ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा पक्राउ

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । स्रोतका अनुसार सिभिल बैंकको बौद्ध शाखामा कार्यरत एक कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन् ।

सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा उक्त रकम सारेका थिए । त्यसपछि डंगोलले सिभिल बैंकको आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए ।

डंगोलले पटक पटक गरी उक्त रकम आफु र आफ्ना आफन्तको खातामा पठाएको पाइएपछि बैंकको उजुरीको आधारमा सिआइबीले प्रकाउ गरेको हो । सिआइबीले डंगोललाई भने सार्वजनिक गरेको छैन ।

तपाईंको बिचार