Friday, September 21, 2018

नेपाल निर्यात परिषदमा पुन: सुरेन्द्रकुमार क्षेष्ठ

प्रकाशित मिति: 2018/01/09

काठमाडौं ।  नेपाल निर्यात परिषद्को अध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । परिषदको २० औँ वार्षिक साधरणसभाबाट श्रेष्ठ पुनः निर्वाचित भएका हुन्। 

परिषदको प्रथम उपाध्यक्षमा हरिबहादुर कार्की, द्धितिय उपाध्यक्षमा रेशमबहादुर पोखरेल, महासचिवमा नरेशलाल श्रेष्ठ र कोषाध्यक्षमा रामशरण थपलिया सर्वसहमतिले निर्वाचित भएका हुन्। त्यस्तै सचिवमा कन्हैया लालशाह, सहकोषाध्यक्षमा हरिप्रसाद ढकाल निर्वाचित भएका छन् भने। सदस्यहरुमा अबानिश प्रधानाङ, मनमोहनसिंह मल्ल, ईश्वर बहादुर गुरुङ, हरि ढकाल, राजु बाँनिया, बसन्तराज अधिकारी र अमृतमान श्रेष्ठ रहेका छन्। निर्यात परिषद् नेपालबाट बस्तु वा सेवा निर्यात गर्ने व्यवसायीहरुको प्रतिनिधिमुलुक संस्था हो।

तपाईंको बिचार