Thursday, January 18, 2018

एनसेललाई लाभांस लैजान स्वीकृति

प्रकाशित मिति: 2018/01/10

काठमाडौं । एनसेलका विदेशी साझेदार रेनल्ड होल्डिङसलाई लाभांस लैजान नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ। विदेशी विनिमय विभागसमेत हेर्ने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको तहबाट लाभांस विदेश लैजान स्वीकृत दिइएको हो। 

अदालतले लाभांस लैजान बाटो खोलिदिएपछि प्रक्रिया अगाडी बढाउन आग्रह गर्दै एनसेल केन्द्रिय बैंकमा पुगेको थियो। एनसेलले केहि महिना अघि नै आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट रकम विदेश लैजान अनुमति मागेको थियो। तर एनसेलको पूर्व लगानीकर्ता टेलियामाथि ६० अर्व रुपैयाँ लाभकर निर्धारण भएपछि ठूला करदाता कार्यालयले एनसेलको क्यास रिप्याट्रिएशन रोकेर राखेको थियो।

ठूला करदाताको पत्रपछि रोकिएको लाभांस फुकुवा गर्न माग गर्दै एनसेल र रेनल्ड होल्डिङस सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले एनसेल र रेनल्डको एकतर्फि सुनुवाईका आधारमा रकम विदेश लैजानका लागि कुनै बाधा व्यवधान नगर्न अन्तरिम आदेश दिएको थियो। 

तपाईंको बिचार