Sunday, February 25, 2018

चमेलिया जलविद्युत आयोजनाले माघ ६ देखि उत्पादन थाल्ने

प्रकाशित मिति: 2018/01/11

काठमाडौं ।  ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडने भएको छ । 

सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ । आयोजना प्रमुख अजय दाहालका अनुसार शुक्रबार देखि यसको एउटा युनिटबाट उत्पादीत बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिेन्छ । यस जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्को युनिट भने अबको १ महिनापछिबाट मात्रै सञ्चालनमा आउनेछ ।

तपाईंको बिचार