Thursday, June 20, 2019

तेलको मूल्य फेरी बढ्यो

प्रकाशित मिति: 2018/01/18

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्य बढाएको हो।

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुर्इ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले जानकारी दिए । यो मूल्य बढेपछि पेट्रोल १ सय ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ७१ रुपैयाँ कायम भएको छ । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्य अनुसार यहाँ मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य मात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ । मूल्य समायोजनपछि निगमलार्इ १९ करोड घाटा छ।

तपाईंको बिचार