Wednesday, February 20, 2019

विश्व बैंकले नेपालको आर्थिक विकासमा सहयोग गर्ने

प्रकाशित मिति: 2018/01/22

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रमूख कार्यकारी अधिकृत क्रिस्टालिना जिओर्भिइभाले भेट गरी नेपालको आर्थिक विकासका लागि आफूहरु थप सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

खुमलटारमा भएको भेटमा क्रिस्टालिनाले संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न गरेकोमा अध्यक्ष प्रचण्ड र नेपाललाई बधाई दिँदै आर्थिक विकासका थप खाका ल्याउन र नेपाललाई केही समयभित्रै आर्थिक समुन्नतीको मार्गमा अगाडि बढाउन आग्रह गरेकी थिइन । क्रिस्टालिनाले वाम गठबन्धनको सरकारले नेपालमा सुशासन र समृद्धिको प्रत्याभूत गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको विकासका लागि विश्व बैंक सहयोग र सहकार्य गर्न तत्पर रहेको जानकारी दिएकी थिइन ।

जवाफमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थिरता कायम गर्न, विकास एवम् समृद्धिलाई गति दिन र सुशासन कायम गर्न बाम गठबन्धन गरिएको जानकारी दिँदै त्यसले लगानीको वातावरण थप अनुकूल हुने जानकारी दिए ।

अध्यक्ष दाहालले ठूला जलविद्युत आयोजना, पर्यटन, कृषि र कृषिजन्य उद्योगको विकासमा आफूहरुको मूख्य ध्यान भएको बताउँदै त्यसका लागि विश्व बैंकको सहयोग जारी नै रहने विश्वास व्यक्त गर्नुभयो । वामपन्थीहरुको बहुमतपछि नेपाली जनतामा विकास र समृद्धिको उच्च आशा रहेको बताउँदै अध्यक्ष दाहालले त्यसका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न लागेको जानकारी दिए ।

भेटका अवसरमा कार्यकारी अधिकृत क्रिस्टालिनाले विश्व बैंकले नेपालको पूर्वाधार विकास, रोजगारी सिर्जना र पशुजन्य उद्योगको क्षेत्रमा लगानी गरिरहेको जानकारी गराउनु भएको थियो ।

तपाईंको बिचार