Tuesday, October 22, 2019

विदेश गएका नेपालीहरुले आकर्षक ब्याजमा राष्ट्र बैंकको बचत पत्र खरिद गर्न पाउने

प्रकाशित मिति: 2018/02/06

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारीको सिलसिलामा बिदेश गएका नेपाली र उनीहरुका परिवारलाई आकर्षक लाभ दिने गरी बचत पत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा संलग्न नेपालीहरु तथा गैरआवासिय नेपालीहरुका लागि २५ करोड रुपैयाँको  ५ बर्षे अबधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ।

बार्षिक १० प्रतिशत ब्याज पाउने बचत पत्र भएकाले बैदेशिक रोजनगारीमा गएका नेपाली, गैर आवासीय नेपाली र उनीहरुको परिवार लाभांन्वित हुनसक्ने छन् । बचत पत्रमा ६÷६ महिनामा ब्याज भुक्तानी दिने ब्यवस्था गरिएको छ । बैंकका अनुसार उक्त बचत पत्र रोजगारीको सिलसिलामा विदेशमा रहेका, विदेशबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफ्नो वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सक्ने छ।

बैंकले घटीमा पाँच हजार रुपैयाँ र बढीमा रु. पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्ममा आवेदन माग गरेको छ। लगानीकर्ताले यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने समेत बैंकले उल्लेख गरेको छ। यो बचत पत्रमा बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यस बचत पत्र फागुृन ३ देखि २३ गतेसम्म खरिद गर्न सकिने छ ।  
 

तपाईंको बिचार