Sunday, April 21, 2019

नेपाल बैंकले एफपीओ बिक्री गर्ने

प्रकाशित मिति: 2018/02/07

काठमाडौं । नेपाल बैंकले  चुक्ता पूँजी बृद्धि गर्ने भन्दै प्रिमियम मूल्यमा एक करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री गर्ने प्रस्ताब सार्वजनिक गरेको छ ।

कम्पनीले प्रिमियम मूल्य भने पनि प्रति कित्ता १०० रुपैयाँको दरले मात्र हिसाब गरी एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको रकम उल्लेख गरेको छ र सो प्रस्ताब साधारणसभामा लगिने जनाएको छ ।

यसअघि २३.७४ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी आठ अर्ब ४ करोड बनाईसकेको छ । सरकारको ६२ र सर्बसाधारणको ३८ प्रतिशत स्वामित्व रहेकोले सर्बसाधारणको हिस्सेदारी बढाउन भने एफपीओले भुमिका खेल्न सक्छ ।

तपाईंको बिचार