Saturday, February 16, 2019

मुलुक निर्माणको दशक घोषणा गर्न सरकारसँग महासंघको माग

प्रकाशित मिति: 2018/02/18

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वि।सं। २०७५–२०८५ लाई मुलुक निर्माणको दशकको रुपमा घोषणा गर्न माग गरेको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी १२ बुँदामा सरकारसँग निजी क्षेत्रको अपेक्षा सार्वजनिक गर्दै आगामी २०७५ सालदेखि २०८५ सालसम्मलाई मुलुक निर्माणको दशकको रुपमा घोषणा गर्न माग गरेको हो ।

 निजी क्षेत्रको छाता संगठन महासंघले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम कार्यान्वयनको आधार बनाउन सरकारसँग माग गरेको छ । सन् १९९० को दशकपछि सुधार गरिएको उदार अर्थनीति र त्यसले निजी क्षेत्रको भूमिका विस्तारका लागि सहयोग गरेको भन्दै महासंघले यसलाई थप बलियो बनाउन दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाउन माग गरेको हो। 
 
महासंघले प्रादेशिक तहबाट लगानी भित्र्याउन नीतिगत प्रतिबद्धता र सुरक्षाको प्रत्याभूतिह हुनुपर्नेमा पनि जोड दिएको छ। नेपालमा सार्वजनिक बिदा धेरै हुने गरेको भन्दै महासंघले त्यसलाई कटौती गरेर काम गर्ने दिनको संख्या बढाउन पनि माग गरेको छ। 
 
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघीय अध्यक्ष भवानी राणाले पूर्वाधार विकास, औद्योगीकरण, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रमा राखेर मुलुक निर्माण दशक अभियानका लागि रणनीति तथा कार्यक्रम सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। 
 
उद्योग व्यवसायसँग जोडिएका विशेष आर्थिक क्षेत्र सम्बन्धी, औद्योगिक व्यवसाय सम्बन्धी, श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी ऐन बनिसकेको र कालोबजारी ऐन २०३२, टेडमार्क तथा डिजाइन ऐन २०२२, खानी तथा खनीज पदार्थ ऐन लगायतका ऐन कानुन निर्माणको चरणमा भएकाले तिनीलाई समयसापेक्ष बनाउनु पर्ने माग पनि उनले गरेकी छन् । 

महासंघले लगानीमैत्री वातावरण र उद्योगको क्षमता विकासका लागि तत्काल कार्यक्रम घोषणा गर्न पनि माग गरेको छ।

तपाईंको बिचार