Thursday, April 18, 2019

बजेट मध्यावधि समिक्षामार्फत आर्थिक वृद्धिदरको लक्ष्य घट्यो, आर्थिक वृद्धिदर ६ प्रतिशत

प्रकाशित मिति: 2018/03/07

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ६% ले मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । 

अर्थ मन्त्रालयले बुधबार बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्य संशोधन गरेको हो । यसअघि सरकारले सार्वजनिक गरेको चालु आवको बजेटमा ७.२% ले आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले मध्यावधि समीक्षमा आर्थिक वृद्धिदर लक्ष्य संशोधन गरिएको जनाएका छन् । 
 
यता, गत वर्षको तुलनामा ब्यापार घाटा ४ खर्ब ९३ अर्ब २ करोड रुपैयाँले बढेको छ । सोधनान्तर घाटा पनि ६ खर्ब ६६ अर्ब पुगेको मध्यावधि समीक्षामा अर्थमन्त्रीले बताएका छन् । समीक्षा अवधिसम्म ४५.४% सरकारी खर्च भइसकेको छ । यता, राजश्व संकलनमा भने २०.७३% ले वृद्धि भएको छ ।

तपाईंको बिचार