Tuesday, October 22, 2019

एनसीसी बैंकमा डेढ अर्बको घोटालामा कस–कसलाई पक्राउ गर्‍यो सीआईबीले

प्रकाशित मिति: 2018/03/16

काठमाडौं । कर्जा दुरुपयोग गरी झण्डै डेढ अर्ब घोटाला गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एनसीसी बैंकमा छापामारी १३ जना पक्राउ गरेको छ । सीआइबीले पक्राउ गरेका व्यक्तिहरुमध्ये केहीको नामावली खुल्न आएको छ । 

यसरी प्रक्राउ पर्नेमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्ट, कम्पनी सचिव रामचन्द्र बर्तौला, दरबारमार्ग शाखाका तत्कालीन म्यानेजर विकास श्रेष्ठ, इटहरी शाखाका प्रबन्धक सागर न्यौपाने र दुर्गादत्त जोशी रहेका छन् । ब्युरोले पक्राउ गर्न थालेपछि केही अधिकृतहरु भने भागेका थिए । पक्राउ परेका मध्ये सबैको विवरण भने प्राप्त भैसकेको छैन ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो । उक्त रकममध्ये १५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिव २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको थियो ।

तपाईंको बिचार