Wednesday, October 16, 2019

वाणिज्यमन्त्री मातृका यादवको दिल्लीमा उद्योगमन्त्री प्रभुसँग भेटवार्ता

प्रकाशित मिति: 2018/03/20

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नयाँ दिल्ली रहेका छन् । दिल्लीमा रहेका यादवले भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुसँग भेटवार्ता गरेका छन् ।

दुई दिने विश्व व्यापार संगठनका ५० वटा देशको अनौपचारिक बैठक (मिनी मिनिस्टेरियल मिटिङ)मा सहभागी हुन नयाँ दिल्ली पुगेका मन्त्री यादवले भारतीय उद्योगमन्त्री प्रभुसँगको भेटमा दुई देशबीच व्यापार साझेदारीका विषयमा छलफल गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा द्विपक्षीय व्यापार, परवहान, र औद्योगिक लगानीका विषयमा छलफल भएको थियो । त्यस्तै विश्व व्यापार संगठनबाट नेपाल र भारतले लिन सक्ने फाइदाका विषयमा छलफल गर्दै नेपाल र भारतजस्ता देशहरुका लागि संगठनको महत्त्व ठूलो रहेको दुबै मन्त्रीहरुले विश्वास व्यक्त गरेको दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भेटमा मन्त्री यादवले कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गरेका थिए । उनले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराएका थिए। 

तपाईंको बिचार