Monday, June 17, 2019

प्लास्टिकबाट इन्धन उत्पादन

प्रकाशित मिति: 2018/03/20

झापा । कन्काई नगरपालिकास्थित सुरुंगामा प्लास्टिकबाट इन्धन उत्पादन गरिएको छ । सुरुंगामा आयोजित एक कार्याशाला गोष्ठीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले प्लास्टिकबाट इन्धन उत्पादन गरेर देखाएको हो । 

नाष्टको आयोजना तथा कन्काई नगरपालिकाको सह–आयोजनामा भएको ‘नविनतम प्रविधिद्वारा स्थानीय तहमा फोहोर प्लास्टिकको व्यवस्थापन’ विषयक गोष्ठीमा पाइरोलाइसिस नामक मेसिनबाट प्लास्टिकलाई इन्धनमा रुपान्तरण गरिएको हो । यसअघि ३५ वटा नगरपालिकामा यो प्रविधि प्रयोग गरेर देखाइसकिएको नाष्टका वैज्ञानिक डा. रविन्द्र ढकालले बताए ।

‘हामी यो प्रविधि स्थानीय तहहरुमा लागु गराउन चाहन्छौँ, त्यसैले नगरपालिकाहरुमा प्रयोग गरेर देखाउँदैछौँ,’ उनले भने, ‘यो हाम्रो प्रचारात्मक समय हो, स्थानीय तहलाई यो प्रविधि हस्तान्तरण गर्ने हाम्रो योजना हो ।’ यो प्रविधि लागु गर्नका लागि स्थानीय तहलाई झक्झक्याउँदै हिँडेको नाष्टले जनाएको छ । अहिले विश्वका ६५ मुलुकमा यो प्रविधि लागु भइसकेको ढकालले जानकारी दिए ।

नाष्टका अनुसार यो प्रविधि जापानबाट भित्र्याइएको हो ।

तपाईंको बिचार