Sunday, August 25, 2019

आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ : मन्त्री पुन

प्रकाशित मिति: 2018/03/23

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारले दोहोर आर्थिक वृद्धिदरको संकल्प लिएको र त्यसका लागि ऊर्जानै प्रमुख आधार स्तम्भ भएको बताएका हुन् ।

‘अब दोहोरो आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने छ, सरकारले यसको संकल्प पनि लिएको छ ।’–उनले भने–‘यसका लागि जलविद्युतनै मुख्य आधार हो ।’ आर्थिक सम्वृद्धिमा ऊर्जा क्षेत्रले पहिलो योगदान दिने गरी आयोजना विकास गर्ने बताउँदै यसमा नीजि क्षेत्रलाई प्रोत्साहन र सहजीकरणका लागि सबै किसिमतका नीतिगत र प्रकृयागत झन्झट हटाउनका लागि आफू सकृय हुने बताए । ठूलो जोखिमका साथ नीजि क्षेत्रले जलविद्युतमा लगानी गरिरहेको र उनीहरुलाई उत्साह जगाउने गरी आफूले काम गर्ने मन्त्री पुनले बताए ।

आगामी १० बर्षभित्र १० हजार मेगावाट उत्पादन र खपत गर्ने गरी सरकारले योजना बनाउने बताउँदै आफूले पुराना मन्त्रीहरुको योजना र घोषणालाई निरन्तरता दिँदै यस क्षेत्रको विकासका लागि केही नयाँ योजनासहित अघि बढ्ने बताए । उनले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना समेत अघि बढाउने लक्ष्य राखेको जानकारी दिँदै सार्क राष्ट्रभित्र विद्युत जोड्नका लागि पहल गर्ने बताए । प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि नेपाल विद्यु्त प्राधिकरण, नीजि क्षेत्र र सम्वद्ध निकायहरुलाई राखेर अघि बढने उनको भनाई थियो ।

तपाईंको बिचार