Monday, April 22, 2019

शिवम् सिमेन्टले ५२ करोड ८० लाख रुपैयाँको आईपिओ निष्काशन गर्ने

प्रकाशित मिति: 2018/03/28

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) विक्री गर्ने भएको छ । कम्पनीले स्थानीय वासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत आइपिओ विक्री गर्न लागेको हो ।

 गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । आईपिओ जारी गर्न शिवम् सिमेन्टले चैत ६ गते निवेदन दर्ता गराएकोधितोपत्र बोर्डले जनाएको छ । आईपिओ निष्काशनमा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्न लागेको हो । जसमध्ये आठ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

गत पुस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

तपाईंको बिचार