Friday, October 18, 2019

अर्थमन्त्री खतिवडा संसदमा विशेष सम्बोधन

प्रकाशित मिति: 2018/03/30

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्था र भबिष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र संसदमार्फत सार्वजनिक गरेका छन् ।

उनले संसदमार्फत सार्वजनिक गरेको श्वेतपत्रमा मुलुकको विद्यमान अर्थतन्त्रको बारेमा जानकारी दिइरहेका छन् । उनले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको बताउँदै अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताए । खतिवडाले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको बताए । उनले स्रोत सुनिश्चितता दिने र अर्को वर्ष स्रोत सुनिश्चितताको बजेट विनियोजन नहुने वित्तिय अराजकता बढेको बताए । उनले बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको बताए।

तपाईंको बिचार