Monday, June 24, 2019

अर्थमन्त्रीले नेप्से र धितोपत्र बोर्डका अधिकारीसँग छलफल गर्ने

प्रकाशित मिति: 2018/04/01

काठमाडौं । अर्थमन्त्री खतिवडाले आजदेखि आफु मातहत निकायका प्रमुखहरुलाई मन्त्रालयमा बोलाई समस्या समाधानका लागि प्रस्ताब र योजना माग्न थालेका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार खतिवडाले आज नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी चन्द्रसिंह साउदलाई मन्त्रालयमा डाकेर सेयर बजारका समस्याहरु समाधानको उपायबारे छलफल गर्न लागेका छन् । मन्त्रीले साउदलार्ई पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण र संचालनमा ल्याउने बिषय, नेप्सेको पुनर्सरचना र अन्य बिषयहरुमा भईरहेका कामहरुबारे सोध्नसक्ने बुझिएको छ ।

जेठ १८ गतेसम्ममा पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण सम्पन्न गरी संचालनमा ल्याउनुपर्ने मिति तोकिएकाले अर्थ मन्त्रालयले नेप्सेमाथि दबाब बढाउँने संभावना छ । त्यसैगरी नेपाल धितोपत्र बोर्डका अधिकारीहरुलाई पनि मन्त्री खतिवडाले मन्त्रालयमा बोलाएर बेग्लै छलफल गर्ने भएका छन् ।

अर्थतन्त्र र सेयर बजार क्षेत्रका समस्याहरु स्वेत पत्र मार्फत उजागर गरेपछि अब समस्या समाधानका लागि काम गर्न अर्थमन्त्रीमाथि तीब्र दबाब परेको छ । त्यही सिलसिलामा उनले आफु मातहतका निकायका प्रमुखहरुसँग कार्यक्रम र योजनाबारे छलफल गर्न लागेका स्रोतको भनाई छ । अर्थ मन्त्रालयका उपसचिव र सहसचिवहरुले सेयर बजारमा माफियाले खेल्नसक्ने भन्दै बजार  बिस्तारका कामहरु गर्नुपर्ने रायसहितको लेखहरु छपाईरहे पनि आफ्र्नै मन्त्रीलाई भने उनीहरुले कुनै राय दिन सकेका छैनन् । अर्थ मन्त्रालयका अधिकारीहरुको सार्वजनिक भएको लेख मन्त्री खतिवडाको जानकारी बेगर बाहिर आएको पुष्टि भएको छ तर त्यसले पनि मन्त्रीलाई तत्काल काम थाल्न दबाब सिर्जना गरेकाले सकारात्मक मान्नुपर्छ ।

तपाईंको बिचार