Tuesday, June 18, 2019

भैरहवामा ‘आधुनिक लकिङ’ प्रणाली

प्रकाशित मिति: 2018/04/24

काठमाडौं । भारतीय आयल कर्पोरेशन वेहलपुर डिपोबाट नेपाल आयल निगमको भैरहवा डिपोमा इन्धन बोक्ने ट्यांकरमा आधुनिक लकिङ प्रणाली सुरु भएको छ । तेल चुहावट तथा मिसावटको अरोप खेपिरहेको नेपाल आयल निगमले लकिङ प्रणाली लागु गरेपछि यो समस्याको अन्त्य हुने भएको छ ।

यसमा एउटा साँचोबाट हजार वटा ताला खोल्न सकिने लकिङ प्रणालीको व्यवस्था गरिएको छ । जसमध्ये एउटा साँचो भारतीय आयल कर्पोरेशन र अर्को साँचो नेपाल आयल निगमसँग रहेने निगमका प्रवक्ता विरेन्द्र गोयलले जानकारी दिए ।

चैत १ देखि सुरु भएको लकिङ प्रणालीअन्तर्गत यस अघि भारतको शिलगडीबाट झापामा इन्धन बोक्ने ट्यांकरमा लागु गरिएको थियो । अगामी तीन महिना भित्र सबै ट्यांकरमा लागु गर्ने योजना रहेको प्रवक्ता गोयलले बताए ।

 

#nayapatrika 

तपाईंको बिचार