Saturday, February 16, 2019

प्रदेश २ को सरकारले ल्यायो नयाँ आर्थिक वर्षको बजेट

प्रकाशित मिति: 2018/04/24

जनकपुर । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् ।

मन्त्री यादवले बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान,  स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम,  माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

उनले कृषि, सिचाइ, पर्यटनका साथै  रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको बताए । बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनर्स्थापना कोष स्थापना गर्ने,  उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने,  महिला हिंसा,  बलात्कार,  दाइजोप्रथा रोक्न,  बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।

तपाईंको बिचार